२०८१ बैशाख ७ , शुक्रवार

नयाँ कागतीको रिफ्रेसिङ्ग स्वादमा नयाँ स्प्राइट

सुनाखरी न्युज/ काठमाडौं –

नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ ।

नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ। गर्मीले थकित अनमोल केसी घर फर्किएसँगै विज्ञापन शुरु हुन्छ। घर पुग्ने बित्तिकै उनी भान्सा कोठामा जान्छन् र चिसो स्प्राइटको चुस्कीलिँदै तुरुन्तै रिफ्रेस हुन्छन्।

 

युवा पुस्ताका लागि लक्षित यो विज्ञापनले “स्प्राइटसँग रिफ्रेस्मेन्ट”भन्ने सन्देश दिँदै दर्शकहरुलाई स्प्राइट पिउन उत्प्रेरित गर्छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी ज्यूले भन्नु भयो,“कोका–कोलामा हामीउ पभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सँधै प्रयासरत छौँ । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदानगर्दै आएको छ।”

 

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेज्यूले भन्नुभयो, “कागतीको रिफ्रेसिङ्ग स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौँ। हामीलाई विश्वास छ कि नेपाली उपभोक्ताहरूले नयाँ स्वादको नयाँ स्प्राइट लेमन मन पराईनुहुनेछ।” स्प्राइट नेपालले आफ्ना पारखीहरुका लागि थुप्रै सरप्राइजहरु पनि तयार पारेको छ। क्याम्पेन सम्बन्धि सबै पछिल्ला जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @spritenepalलिाइक र फलो गर्नुहोला।

 

नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ । ग्लास बोतलमा स्प्राइट१७५ मिलितथा २५० मिलिरपेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५लिटर, २.२५ लिटरको प्याक साईजमा बजारमा पलब्ध छ।