२०८१ बैशाख ६ , बिहिवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि,१९ जना निको

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको हो।

 

 

१ हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६ सय १२ एन्टिजेन परीक्षणमा ११ जनामा भाइरस संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । त्यस्तै, गरी कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ भने पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।