२०८१ बैशाख ६ , बिहिवार

आइएमई पे एपमा एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं –

आइएमई ग्रुपद्वारा संचालित“आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्र्धित “आइएमई पे”ले नेपाललाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ती रोचकअफर ल्याएको छ ।

 

आइएमई पे एपको “प्रिमियमतिरौँ, क्यासब्याकपाऔँ”अफर अन्तर्गत असार १० गते देखि सो एपबाट एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतमरु. २,५०० सम्म) क्यासब्याकको साथै हरेकदिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्नमिल्ने व्यवस्था मिलाइएको छ ।
हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफलभएको आइएमई पेले यस अफर मार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनिभुक्तानी गर्न प्रेरित गराउने बताएका छन् ।

 

यस अफरको नियमत थाशर्तहरु यस प्रकारका छन् – प्थ्ऋ रुजु भएको प्रयोगकर्ताहरुले बीमाकिस्ताको भुक्तानीनियतमिती (ड्यु डेट) भित्रवानियतमिती पछिको ७दिनभित्रआइएमई पे एपबाट गरे बापतमात्रक्यासब्याकतथा अरु उपहार जित्ने मौका पाउनेछन् ।

 

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे”आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादनहो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

 

आइएमई पे मोबाईल वालेटमार्फत सेवा ग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याजतथाविभिन्नक्यासब्याकहरुको पनि सुबिधाउपलब्ध छ।

 

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाख भन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एपतथाएजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।