२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेट : थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना निको

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको हो ।

 

१ हजार ८ सय ५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९ सय ४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ सय २३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

 

मंगलबार थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ लाख २० हजार ५० पुगेको छ । योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको जम्मा सङ्ख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार ४ सय २६ जना संक्रमणमुक्त भएका छन् ।