२०८० चैत्र १६ , शुक्रवार

अमेरिकाको टेक्ससमा ४६ जनाको शव फेला, १६ जनाको घाइते अवस्थामा उद्दार

सुनाखरी न्युज/ काठमाडौं । टेक्ससको सान एन्टोनियो भन्दा केही पर पाइएको एउटा लरीमा कम्तीमा ४६ जना मृत अवस्थामा फेला परेको बताइएको छ। उनीहरू आप्रवासीहरू भएको ठानिएको छ।

 

स्थानीय सञ्चार माध्यमका अनुसार फरक फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको छ। सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रक आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ। केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको थियो। द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारी चालकको खोजी गरिरहेका थिए।

 

सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ। टेक्ससका गभर्नर ग्रेग याबटले ती मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्। एबोटले मृत्युलाई “उनको (बाइडन) घातक खुला सीमा नीतिको परिणाम” का रूपमा व्याख्या गरे। मेक्सिकोका विदेशमन्त्रीले आफ्ना एक सरकारी कर्मचारी घटनास्थल तर्फ जाँदै गरेको तर हालसम्म मृत्यु भएकाहरूको कुन देशका हुन भनेर थाहा भने भई नसकेको जनाएका छन्। BBC