२०८१ बैशाख १३ , बिहिवार

विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया भेटियो, सामान्यभन्दा ५ हजार गुणा ठूलो

सुनाखरी न्युज/ काठमाडौं –

हालै वैज्ञानिकले ब्याक्टेरियाको एउटा नयाँ प्रजाति फेला पारेको छ । यो प्रजातिको ब्याक्टेरिया हालसम्मको सबैभन्दा ठूलो ब्याक्टेरिया भएको वैज्ञानिकले बताएका छन् ।

 

एउटा मात्रै कोसिका भएको यो ब्याक्टेरियाको कोसिका यति ठूलो छ कि यसको तुलना एक सेन्टिमिटर लामो मानिसको परेलासँग गरिएको छ । यो ब्याक्टेरिया सामान्य ब्याक्टेरियाको तुलनामा करिब ५ हजार गुणा ठूलो छ । शोधका लेखक तथा लरेन्स बर्कले नेशनल लेबोरेटरीमा मरिन बायोलोजिस्ट जीन–मेरी भोलेन्डका अनुसार यति ठूलो ब्याक्टेरिया भेटिनु आफैँमा एउटा आश्चर्यको कुरा थियो ।

 

साइन्स जर्नलमा प्रकाशित एक नयाँ शोधका अनुसार थियोमार्गरिटा म्यान्फिा नामको यो ब्याक्टेरियाबारे सबैभन्दा पहिला गुआदेलुपमा युनिभर्सिटी डेस एन्टिल्सका मरिन बायोलोजीका प्राध्यापक ओलिवियर ग्रोसले फेला पारेका थिए । यो ब्याक्टेरिया उनले क्यारिबियन मेन्ग्रोव दलदलमा फसेका बेला देखेका थिए । यसको आकारका कारण सुरुमा यसलाई युकेरियोट मानिएको थियो ।

 

यो एक प्रकारको कोसिका हो जसबाट जनावर बिरुवाहरु बन्ने गर्छ । तर जब यसलाई माइक्रोस्कोपमार्फत् हेरियो तब यसमा युकेरियोटिक कोसिकाजस्तो केही पनि थिएन, स्पष्ट रुपमा न्युक्लियस र माइटोकोन्ड्रिया देखिएको थियो । थप अनुसन्धानपछि यो एक जिवाणु अर्थात् ब्याक्टेरिया भएको पत्ता लाग्यो ।अधिकांस ब्याक्टेरियल सेल निकै सुक्ष्म हुन्छन् अर्थात् यसको लम्बाई करिब दुई माइक्रोमिटर हुन्छ ।

 

केही ठूला ब्याक्टेरिया सय माइक्रोमिटरका हुनसक्छन् । तर यो नयाँ प्रजातिको ब्याक्टेरियाको लम्बाई २०,००० माइक्रोमिटर छ अर्थात् दुई सेन्टिमिटर लामो ।यो ब्याक्टेरिया नङजस्तै दह्रो पनि छ । यसले सामान्य तरिकाले प्रजनन गर्दछ । फिलामेन्ट खुम्चिन्छ र डिएनएयुक्त बड बन्नका लागि अलग हुने गर्छ । यो बड पछि अलग हुने गर्छ ।

 

यो ठूलो भइकन पनि यसबाट मानिसलाई कुनै खतरा नहुने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले टी. म्याग्निफा ब्याक्टेरियाको जिनोमिक स्ट्रक्चरबारे पनि जानकारी प्राप्त गरे । डिएनए विश्लेषणमार्फत् यसमा धेरैजसो ब्याक्टेरियाको तुलनामा तीन गुणा बढी जिन भएको पत्ता लागेको छ । एजेन्सी