२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेट : थप ४१ जनामा कोरोना संक्रमण,२० जना निको,मृतकको सङ्ख्या शुन्य

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको हो।

 

२ हजार ३ सय ३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

त्यस्तै, सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ । योसँगै नेपालमा कोरोना भाईरसका कारण मृत्‍यु हुनेको जम्मा संख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार ४ सय ९ जना संक्रमणमुक्त भएका छन् ।