२०८१ बैशाख ८ , शनिवार

गोल्डेन नेचर बोर्डिङ स्कुलमा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न

सुनाखरी न्युज/ पोखरा –

पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटन अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आप्mनो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूका बीच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

 

विद्यार्थीहरूमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा सोफिया लामिछानेले प्रथम स्थान प्राप्त गर्न सफल भइन भने सोनिया गर्वुजाले द्वितीय स्थान, सम्झौता भण्डारीले तृतीय स्थान र अञ्जला खाँड ठकुरी र दिया थापा मगरले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

 

उक्त कार्यक्रमको संयोजन विद्यालयका शिक्षकहरू सोमनाथ कडेल र सुरेश लामिछानेले गर्नु भएको थियो ।