२०८१ बैशाख ४ , मंगलबार

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

सुनाखरी न्युज/ काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ११ बजे शपथ ग्रहण गराएकी हुन् ।

 

नेकपा एकीकृत समाजवादीको सिफारिसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी सहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शपथ ग्रहण गराएकी हुन् ।

 

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारी‚ उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवा‚ सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो । समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।