२०८१ बैशाख १३ , बिहिवार

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

सुनाखरी न्युज/ काठमाडौं –

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा विहान ९ बजे आईपीओ बाँडफाँट भएको हो । गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

 

सोमध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्। लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन उक्त गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको थियो भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ।

 

कम्पनीको आईपीओका लागि १७ लाख ९६ हजार ६८४ जनाको आवेदन परेको थियो । यी आवेदकहरूबाट २ अर्ब १ करोड ४२ लाख बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरीद माग भएको जानकारी क्यापिटलले दिएको छ । कम्पनीले ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणा जारी गरेको हो ।

 

र्वसाधारणमा जारी गरिएको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको थियो ।

 

यी वाहेक बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको थियो । हाल कम्पनीको चुक्तापूँजी १ करोड ४० लाख रहेको छ आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू। २ करोड ७ लाख पुग्नेछ ।