२०८१ बैशाख १३ , बिहिवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ ।

 

हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४ सय रुपैयाँले बढेको हो । आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।