२०८१ बैशाख ६ , बिहिवार

विद्यार्थी सफलता हासिल गर्न महत्वपूर्ण दक्षताहरूको पहिचानः डा. सञ्जीवपी. साहनी

सुनाखरी न्युज/ काठमाडौं । भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफएमिनेन्स (डा.) सञ्जीवपी. साहनीले “विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने“ कुरामा जोड दिनुभएको छ । आइतबार काठमाडौंस्थित होटल मेरियटमा आयोजित एक प्रेस सम्मेलनमा वँहाले सो कुरा बताउनु भएको हो ।

 

कम्पिटेन्सी म्यापिङ प्रविधि मार्फत विद्यार्थीहरू बिच विभिन्न सामाजिक, भावनात्मक र संज्ञानात्मक क्षमताहरू अभिवृद्धि गर्ने बारे डा. साहनीले विस्तृतमा बताउनु भएको थियो । त्यस्तै विद्यार्थीहरुको शैक्षिक प्रदर्शन, भावनात्मक सन्तुष्टि र करियर सफलता लाई कसरी उनीहरूको व्यवहार सम्बन्धी स्टिमुलाइले प्रभावपार्दछ भनेर पनि वहाँले व्याख्या गर्नुभएको थियो ।

 

“विद्यार्थीहरूको सापेक्षिक सबल पक्ष र कमजोरीहरू बुझ्नु र तिनकै आधारमा उनीहरुले विकास गर्नुपर्ने मुख्यदक्षताहरू पहिचान गर्नु अत्यन्त आवश्यक हुन्छ । यो सबै विद्यार्थीहरुको टिमवर्क, नेतृत्वक्षमता र निर्णय लिनेक्षमता जस्ता क्षेत्रहरूमा उनीहरुको कौशलता पहिचान गर्ने रतिनकै आधारमा सुधारात्मक संयन्त्र निर्माण गर्ने कुरासँग सम्बन्धित छ,”डा. साहनीले भने । उनीहालै वलर््ड सोसाइटी अफ भिक्टिमोलजी ( ध्क्ख्)को उपाध्यक्षमा पनि चुनिएका छन् ।

 

पछिल्ला वर्षहरूमा डा. साहनी जस्ता अन्वेषक र व्यवहार वैज्ञानिकहरूले विद्यार्थीहरूको कार्यसम्पादनमापनकालागि एक मुख्यतत्वको रूपमादक्षताहरू पहिचानगर्नुपर्ने कुरामाविशेष ध्यान केन्द्रित गरेका छन् । उनले विद्यार्थीको शैक्षिकतथा सामाजिककार्यसम्पादनमा सुधार गर्न श्रव्य दृश्य इन्फोटेनमेन्ट, सबलिमिनल ट्रेनिङ, ध्यान, स्पिड रिडिङ र मेमोरी गेमजस्ताउपायहरू प्रयोग गर्नुपर्नेमा जोड दिए ।

 

“विद्यार्थी समुदायमा विद्यमान शिथिलताहरूको परीक्षण, मूल्याङ्कन र तिनका समाधानहरू खोज्नकालागि सामाजिक–संज्ञानात्मक मनोविज्ञान अध्ययनहरूमा ट्रान्सडिसिप्लिनरी (अन्तरविषयगत) पद्धतिलाई फराकिलो पार्नु आवश्यक छ,“ डा. साहनीले पत्रकारहरू माझ आफ्नो राय व्यक्त गरे । उनीभारतको एक प्रमुख भ्यालु बेस्ड संस्थानजिन्दल इन्स्टिच्युट अफ बिहेभियरल साइन्सेजका प्रमुख पनि हुन् ।

 

साहनीले ५० भन्दा बढी देशका २ लाखभन्दा बढी विद्यार्थी, विद्यालयकाप्रधानाध्यापक, शिक्षक, उच्च सरकारी अधिकारी, उद्योग व्यवसायीलाई योग्यतानक्सा, व्यावसायिक सञ्चार, निर्णय लिने क्षामाता, तनाव व्यवस्थापन, कार्यसम्पादन अभिवृद्धि, भावनात्मक बुद्धिमत्ता र शिक्षण अभ्यासहरू सम्बंधतालिमदिनुभएको छ । उनले अन्तर्राष्ट्रिय र राष्ट्रिय जर्नलहरूमा ४०भन्दा बढी अनुसन्धान मूलक लेखहरू प्रकाशित गरेका छन् भने १९ पुस्तकहरू पनि लेखेका छन् ।