२०८१ बैशाख ७ , शुक्रवार

आई.एम.ई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

सुनाखरी न्युज/ काठमाडौं । स्थापनाकाल देखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आई.एम.ई लाइफ इन्स्योरेन्स कं. लि. ले एक प्रेस बिज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवनबीमा योजना बिमितहरुमाझ लोक प्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि हुने बीमा लेख भएको सार्वजनिक गरेको छ ।

 

बच्चाको जन्मलगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकमफिर्ता हुँदै आउँछ । यसरी प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरु लाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्नेकुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कविफुयाँलले उक्त बिज्ञप्ति मार्फत बताउनु भयो ।

 

खासगरी अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहजयस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी पनि उहाँले दिनुभयो ।