२०८१ बैशाख ७ , शुक्रवार

एस वाई प्यानल नेपालको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । एस.वाई.प्यानल नेपाल लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेड लाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७९ असार १२ गते आइतबार सम्पन्न भयो । सम्झौतामा एस वाई प्यानल नेपाल लिमिटेडका तर्फ बाट कम्पनीका प्रबन्ध संचालक Choi Dongil तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नु भएको छ । कम्पनीले हालकायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । मिति२०७४/०३/२०गते स्थापना भएको एस.वाई. प्यानल नेपाल लिमिटेड कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एस.वाइ. कम्पनी लिमिटेड कोरियाको लगानी भएको कम्पनी हो । यसको प्रधान कार्यालय काठमाण्डौ तीनकुनेमा रहेको छ ।

 

कम्पनीले चितवन जिल्लाको रत्ननगर न.पा, वडा नं. १४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवननिर्माण सम्बन्धीअत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु जस्तै स्याण्ड बीच प्यानेल अन्तरगत FR3 Fire रेटिङ्ग भएको, EPS को झ्याल तथा ढोका, स्टिलढोका, UPVC ढोका, कोल्डस्टोर तथा ह्याचरी बनाउँदा आवश्यक पर्ने पफप्यानल र कोल्डस्टोरमा आवश्य कहुने स्टिलपफढोका तथा प्रिफ्याब घरलाई पूर्णरुपमा दिन आवश्यक पर्ने अन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

 

कम्पनीको हाल नेपाल अधिराज्य भरी ७५ वटा डिलरहरु संचालनमा रहेका छन भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५००० वर्गमिटर प्रतिदिन रहेको छ । पछिल्लो समयमायस कम्पनीको उत्पादन प्रयोग गरेर देशभरका विभिन्न ठाउँमा १० वटा भन्दा बढी हाइड्रोपावर प्रोजेक्ट साइट, कर्मचारी भवन, आर्मी क्याम्प, विभिन्न पालिकाका भवनहरु र सरकारी तथा गैर सरकारी भवनहरुका साथै हजारौँ घरहरु, फ््याक्ट्री तथा चिस्यान केन्द्रहरु निर्माण भइसकेको जानकारी सम्झौताका बखतमा कम्पनीका प्रबन्ध सञ्चालकले गराउनु भयो ।