२०८१ बैशाख १२ , बुधवार

इन्टरनेट सेवाको जानकारी सँगै गिभ अवेगर्न ठाउँ ठाउँमा मिटिङ प्वाइन्ट

सुनाखरी न्युज/ काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’नामक अभियान सुरु गरेको छ। कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो ‘क्याम्पेन’थालेको हो।

 

जस मार्फत कम्पनीका नयाँ तथा पुराना ग्राहकले सुबिसुको सेवाको विषयमा विभिन्न जानकारी प्राप्त गर्न सक्ने छन्। कपन, बालाजु, न्युरोड, जोरपाटी, बुढानीलकण्ठ, लेले लगायतका क्षेत्रमा सुबिसुको टिमले आफ्नो प्याकेजहरूको बारेमा जानकारी दिँदै घरदैलो सम्पन्न गरिसकेको छ। घरदैलोका क्रममा छुटेका ग्राहकले आफ्नो नजिकैको ‘मिटिङ प्वाइन्ट’ मा सम्पर्क राख्न सक्नेछन्।

 

‘क्याम्पेन’सञ्चालन हुने स्थानका घरदैलोमा पुगेर कम्पनीका कर्मचारीहरूले आफ्नो सेवाको बारेमा जानकारी दिइरहेका छन्। आईप्लेक्समल नयाँ बानेश्वर बाट राखिने ‘मिटिङ प्वाइन्ट’ क्रमशःकाठमाडौं उपत्यकाका अन्य मुख्य मुख्य स्थानहरूमा समेत राखिने कम्पनीले जनाएको छ। अभियान अन्तर्गत विभिन्न स्थानमा दुई दिनसम्म सुबिसुका ‘मिटिङ प्वाइन्ट’राखिने छन्। यसक्रममा ग्राहकले आफ्नो नजिकै रहेको मिटिङ प्वाइन्ट’मा गएर बिक्री र प्राविधिक सहायताको विषयमा जानकारी लिनुका साथै नयाँ कनेक्सनको लागि सोधपुछ गर्न सक्ने छन्।

 

‘मिटिङ प्वाइन्ट’मा गएर नयाँ कनेक्सन लिने दश जना ग्राहक लाई लक्कीड्र बाटै ३५ प्रतिशत छुट उपलब्ध गराइनेछ। साथै त्यहाँ पुग्ने सेवा ग्राही लाई समावेश गरी साप्ताहिक लक्की ड्र समेत गरिने र त्यस बाट दुई जना ग्राहक लाई निःशुल्क १५० एमबीपीएस इन्टरनेट कनेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ।