२०८१ बैशाख ७ , शुक्रवार

सुनको मूल्यमा सामान्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्उ वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।