२०८१ बैशाख १४ , शुक्रवार

काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत

सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ ।

 

काठमाडौँ आउनुअघि उहाँ नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

 

राजदूत श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नुभएको छ । साथै उहाँले वासिङटन, बेइजिङ, सङ्घाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको दुतावासले जनाएको छ । यसअघिका भारतीय राजदूत विनयमोहन क्‍वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि राजदूत पद रिक्त भएको थियो ।