२०८० चैत्र १५ , बिहिवार

सुन तोलामा तीन सयले घट्यो

सुनाखरी न्युज/ काठमाडौं –

आज बजारमा सुनचाँदी दुबैको मुल्य घट्न पुगेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ पुगेको छ भने चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तै यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।