२०८१ बैशाख १५ , शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ बारा-

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।