२०८१ बैशाख १२ , बुधवार

नेप्सेमा उच्च अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार उच्च अंकले बढेको छ । आज नेप्से ४५.२५ अंकले घटेर एक हजार ८ सय ४८ दशमलब २८ विन्दुमा झरेर बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९६०.७० रुपैयाँ पुगेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६०५.३० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार शिवश्री हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको छ ।