२०८१ बैशाख १३ , बिहिवार

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सुनाखरी न्युज/सुनसरी। सुनसरीको दुहबी-३ स्थित ईनरुवा दुहबी सडक खण्डमा टिपरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश २-०३-००१ ख २१०१ नम्बरको ट्रिपरले साईकल यात्री भारत बिहार सिपोल घर भई दुहबी-२ मा डेरा गरी बस्दै आएकी ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्मालाई ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटीगई ट्रिपर चालक मोरङ बेलबारी- ८ का ३२ बर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।