२०८१ बैशाख ११ , मंगलबार

नया“दिल्ली–जनकपुरधाम जोड्ने “भारत गौरव पर्यटक रेल सेवा”को सुरुवात

सुनाखरी न्युज/ काठमाडौं । नया“दिल्ली–जनकपुरधाम जोड्ने “भारत गौरव पर्यटक रेल सेवा”को सुरुवात भएको अवसरमा यस नेपाल–भारत उद्योग वाणिज्य संघ उक्त शुरुवातको स्वागत गरेको छ ।रामायणसंग सम्बन्धित भारतीय क्षेत्रमा रहेका बिभिन्न क्षेत्रहरु भएर नया“दिल्लीको सफदरजंगबाट सीतामाताको जन्मस्थल नेपालको जनकपुरधाम सम्म जोडेर शुरु गरिएको उक्त धार्मिक पर्यटकीय रेलसेवाको शुरुवातले नेपाल–भारत धार्मिक सांस्कृतिक सम्बन्धलाई मजबूत बनाउन अझ थप टेवा पुग्नेछ भन्ने यस संघको बिश्वास रहेको छ ।

 

दुई देशवीच धार्मिक पर्यटन प्रबद्र्धन जुन यस नेपाल–भारत उद्योग वाणिज्य संघले सन् २०१८ को जुलाई ८ मा काठमाडौंमा सम्पन्न नेपाल–भारत पर्यटन प्रबद्र्धन संयुक्त कार्यदलको बैठकमा पनि सो बिषयको उठान गरी दुबै पक्षवीच सहमति भए बमोजिम हाल नेपाल–भारत धार्मिक–अध्यात्मिक सर्कितको बिकास गर्दै सो बिषयमा कफीटेबल पुस्तक तथा वेवसाईट निर्माणको अन्तिम चरणको काम भईरहेको सन्दर्भ पनि यस अवसरमा हामी यहा“ उल्लेख गर्न चाहन्छौं ।

 

भारतीय रेल मन्त्रालयको अगुवाई तथा ईण्डियन रेलवे कैटरिड्ड एण्ड टुरिजम कर्पोरेशनको प्रयास स्वरुप ६०० धार्मिक पर्यटक बोक्न सक्ने क्षमता सहित मंगलबार २१ जून २०२२ बाट शुरु भएको उक्त “भारत गौरव पर्यटक रेल सेवा”को सुरुवातले नेपाल र भारतका नागरिकहरुका वीच रहेको प्रगाढ धार्मिक आस्थाको जगेर्ना गर्दै दुई देश वीचको धार्मिक पर्यटनको प्रबद्र्धनले दुई देशका जनताहरुको भावनात्मक सम्बन्ध अझ मजबुत बन्नुका साथै यसले दुबै देशका पर्यटन क्षेत्रको प्रबद्र्धन तथा बिकासमा ठूलो मद्दत पुग्ने यस संघ बिश्वास ब्यक्त गर्दै उक्त “भारत गौरव पर्यटक रेल सेवा”को सफलताको पनि यस संघ हार्दिक शुभकामना ब्यक्त गर्दछ र यस उल्लेखनीय शुरुवातको लागी भारत सरकार प्रति पनि यस संघ धन्यवाद ब्यक्त गरेको छ ।