२०८० चैत्र १५ , बिहिवार

१७ जना एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं । गृह मन्त्रालयले जनपद प्रहरीतर्फका प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएकाहरूको नाम सार्वजनिक गरेको छ ।

 

बढुवा समितिको बुधबार बसेको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहनु भएको छ भने दोस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई पर्नुभएको छ ।

 

यस्तै तेस्रो नम्बरमा कार्यविभागका अशोक सिंह, चौथोमा वृत्ति विकास महाशाखाका दिपक थापा र पाँचौंमा विपद व्यवस्थापन कार्यालय सामाखुसीका श्यामलाल ज्ञवालीको नाम बढुवाका लागि सिफारिस गरिएको छ । सिफारिस गरिएका अन्य एसएसपीहरुमा किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेक प्रसाद तामाङ, उमेशराज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।

सूची हेर्नुहोस्ः