२०८० चैत्र १६ , शुक्रवार

ज्योति विकास बैंकको कम्पनी सचिवमा थापा नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । ज्योति विकास बैंकले कम्पनी सचिवमा बलदेव थापालाई नियुक्त गरेको छ । बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै सचिव नियुक्त गरेको जनाएको हो ।

 

असार ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सचिव पारस राज कंडेलको जिम्मेवारी हेरफेर गरी वरिष्ठ प्रबन्धक पदमा कार्यरत बलदेव थापालाई असार ७ गतेदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।