२०८१ बैशाख १४ , शुक्रवार

‘दुई नम्बरी’ को पोस्टर सार्वजनिक, कात्तिक ४ मा रिलिज

सुनाखरी न्युज/ काठमाडौं –

दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘दुई नम्बरी’को प्रदर्शन मिति र पोस्टर सार्वजनिक भएको छ। सोमबार उक्त फिल्मको निर्माण पक्षले फिल्मको पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।

 

निर्माण पक्षहले फिल्मको दुई पोस्टर सार्वजनिक गरेको छ। पहिलो पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, उग्येन छोदेन र उपासना सिंह ठकुरी फिचर्ड छन् भने दोस्रो पोस्टरमा दयाहाङ र सौगात मल्ललाई देख्न सकिन्छ। फिल्मलाई निर्देशक लामाले नै लेखेका छन्।

 

रेर्ड बर्ड पोडक्सनको ब्यानरमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका छन्। फिल्मका लगानी कर्ताहरुमा दिपक मनांगे, अमला देवी राई र जयेश श्रेष्ठ रहेका छन्। मुख्य कलाकारसँगै फिल्ममा पुस्कर गुरुङ, सारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौलालगायतका कलाकारहरु रहेका छन ।

 

उक्त‘दुई नम्बरी’ फिल्म कात्तिक ४ मा मुलुकभर प्रदर्शनमा आउनेछ।