२०८० चैत्र १६ , शुक्रवार

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई स्टेम सेन्टरको सेवामा छुट

सुनाखरी न्युज/ काठमाडौं –

आइएमई जनरल इन्स्योरेन्स र स्टेम सेन्टर (सुगर, थाइराइड, इन्डोक्राइनोलोजी एण्ड मल्टीस्पेशलिटी सेन्टर) बिच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टेम सेन्टरका अध्यक्ष डा।

 

बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका छन् ।  सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरुलाई बत्तिस्पुतलीको प्याथोलोजी टेष्ट, रेडियोलोजी टेष्ट, फार्मेसी, डेन्टल तथा ओप्थामोलोजिकल प्रडक्टसहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

 

स्टेम सेन्टरबाट प्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी त्यसै गरी रेडियोलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेष्ट लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशतसम्मको छुट प्राप्त हुने कम्पनीले जनाएको छ ।

 

यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टेम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सले सहज रुपमा दिने बताएका छन् ।