२०८० चैत्र १६ , शुक्रवार

प्रियंकारानी जोशीले पहिरिहिन मिस नेपाल २०२२ को ताज

सुनाखरी न्युज/ काठमाडौं –

द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा काठमाडौंकी प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।

 

त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

 

नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो ।