२०८१ बैशाख ८ , शनिवार

महजोडीद्वारा अभिनित फिल्म ‘महापुरुष’ को छायाङ्कन सुरु

सुनाखरी न्युज/ काठमाडौं । महजोडीद्वारा अभिनित फिल्म ‘महापुरुष’ को छायाङ्कन गत शुक्रबारबाट सुरु भएको छ ।

 

महजोडी अर्थात हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका फिल्म ‘महापुरुष’ मा रहने छ । फिल्म ‘महापुरुष’ मा महजोडिका अलवा अरुण क्षेत्री, अन्जना बराइली बानियाँ, गौरी मल्ल, राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 

यस फिल्मलाई निर्देशक प्रदीप भट्टराई ले निर्देशन गरेका छन् । फिल्मको निर्माण म्याक्स दीपेश खत्रीले गरेका हुन् भने कार्यकारी निर्माताको रुपमा रविन्द्रसिंह बानियाँ रहेका छन् । यस फिल्ममा बाबु छोराको कथालाई प्रस्तुत गर्न गरिने छ ।

 

फिल्ममा समाजले मानिसलाई कसरी महापुरुष बनाउँछ भन्ने कथा उठाउन खोजेको फिल्मका निर्माण टिमले बताएको छ ।