२०८१ बैशाख ८ , शनिवार

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ७३ करोडमा सिमित

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज शुक्रबार सामान्य अंकले घटेको छ । आज नेप्से ७.५७ अंकले घटेर एक हजार ९ सय ७१ दशमलब ३६ विन्दुमा बन्द भएको हो ।

 

बिहिबार नेप्से १२.५७ अंकले बढेर एक हजार ९ सय ७८ दशमलब ९४ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज शेयर कारोबार दुई घण्टा भएको थियो । यस अवधिमा नेप्सेमा ७३ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब १८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका ६० कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५९६.७० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार रिभर फल्स पावर लिमिटेडको नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ ।