२०८० चैत्र १५ , बिहिवार

सूर्या लाइफ इन्स्योरेन्सको “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम” भव्यताका साथ सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । बुटवल । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम” एक भव्य समाहरोको आयोजना गरी करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ सम्पन्न गरेकोछ ।

 

प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो । प्रदेश प्रमुख, किरण गौतम ज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनी ज्यूहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साट्नुभएको थियो ।

 

सूर्या लाइफको “मेरो पहिलो पोलिसी” अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरु लाई प्रमुख कार्यकारी अधिकृतज्यूले सम्मान गर्नुभयो । साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिनु भयो । बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुने भन्नु भयो । अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उहाँहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको बताउनु भयो ।

 

समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी पनि गराउनु भयो । उक्त कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरे ।