२०८१ बैशाख ८ , शनिवार

नेप्सेमा बिहिबार दोहोरो अंकको शुधार, कारोबार रकम १ अर्ब १८ करोडमा सिमित

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १२.५७ अंकले बढेर एक हजार ९ सय ७८ दशमलब ९४ विन्दुमा पुगेको हो ।

 

बुधबार नेप्से २९.८९ अंकले घटेर एक हजार ९ सय ६६ दशमलब ३७ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा भने सामान्य गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब १८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४५ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

 

यसमध्ये पनि तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५४२.५० रुपैयाँ पुगेको छ भने रिभर फल्स पावर लिमिटेडको शेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २९० रुपैयाँ र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता १४९० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १३ करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।