२०८० चैत्र १६ , शुक्रवार

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि

सुनाखरी न्युज/ काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ बजेपछि हुने सानिमा क्यापिटलले जनाएको छ। यो कम्पनीले गत जेठ २० गतेदेखि जेठ २५ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो कम्पनीले गत जेठ २० गतेदेखि १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीले कुल कित्तामध्ये ६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी हुन आउने १३ लाख ६५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो।

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म कुल १८ लाख ४८ हजार ७०१ आवेदकबाट २ करोड १९ लाख ७२ हजार ५२० कित्ता माग भएको छ। मागभन्दा बढी आवेदन परेकै करण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी १७ लाख १२ हजार २०१ आवेदकको हात खाली हुनेछ।