२०८१ बैशाख १२ , बुधवार

रिभर फल्स पावर लिमिटेड नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

सुनाखरी न्युज/ काठमाडौं –

रिभर फल्स पावर लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि रिभर फल्स पावर लिमिटेड र नेपाल स्टक एक्सचेन्ज बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा रिभर फल्स पावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश गुरुङ्ग र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले सयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ । कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ०४ गते सम्म निष्काशन गरेको आइपिओ बाँडफाँड जेष्ठ ९ गते गरेकोमा आइपिओमा शेयर पाउने शेय धनी तथा सर्वसा धारणले असार ०२ गतेबाट रिभर फल्स पावर लिमिटेडको शेयर खरिद बिक्री गर्न सक्नेछन् । निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटल लिमिटेडले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो । कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

 

शेयर रजिष्ट्रारमा नियुक्त क्यापिटलले कम्पनीको आइपिओ बाँडफाँडपश्चात शेयर धनीको हित ग्राही खातामा शेयर जम्मा गर्ने कार्यका साथै धितो पत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा समेत द्रुत गतिमा कम्पनीको शेयर सूचिकृत गराउन आवश्यक सहजीकरण गरी छोटो समयमै कम्पनीको शेयरलाई कारोबारमा ल्याउन सफल भएको छ । कम्पनीले नेप्सेमा कारोबारका लागि RFPLl सिम्बोल पाएको छ ।