२०८१ जेठ २ , बुधवार

करिब ५७ लाख सम्म संरक्षित पूँजी फिर्ता कोषको रकम प्राप्त गरे सहकारी बैंकका सदस्यले

सुनाखरी न्युज/ ललितपुर । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७लाख सम्म संरक्षित पुँजी फिर्ता कोष बापतको रकमप्राप्त गरेका छन् ।

 

बुधबार बैंकले संरक्षितपुँजीफिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै सदस्यले करिब ५७लाख रकमप्राप्त गरेको हो । सहकारी ऐन, २०७४ तथानियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ÷संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामातिरेको ब्याजकालागि ६० प्रतिशत भारको आधारमा कुल१७ करोड ७१लाख७४हजार २ सय १९रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको छ ।

 

संरक्षितपूँजी फिर्ता कोषबाट प्राप्तहुने रकमसम्बन्धित सदस्य सहकारी संघ÷संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनु भयो । उहाँका अनुसार बचत र कर्जा कारोबार गर्ने १३,७१२सहकारी संघ÷संस्थाहरु को संरक्षितपूँजीफिर्ता कोषबाट लाभान्वितभएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकमफिर्ता पाउने सदस्यले बचत तर्फ ५६लाख५२हजार तथाकर्जा तर्फ१३लाख७८हजार सम्म प्राप्त गर्न सफलभएको प्रमुखकार्यकारी अधिकृत गुरागाईले बताउनु भयो ।

 

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक”भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षितपूँजीफिर्ता कोषबाट ५० हजार भन्दाबढी रकमप्राप्त गर्ने सहकारी संघ÷संस्थाहरु ६९९ रहेका छन् ।हालबैंकमाकरिब १५ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् । यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई आर्थिक वर्ष २०७७÷०७८ को लागि बैंकको १८औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशतलाभांशवापतको रकमसाधारण सभा सम्पन्न गरेको दिनगतपौष ३० गते वितरण गरेकोथियो । सहकारी ऐन, २०७४ तथानियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरुको केन्द्रीयनिकायहरु मध्ये निरन्तर संरक्षितपूँजीफिर्ता कोषबाट सदस्यहरुलाई रकमबाँडफाँडगर्ने बैंक पहिलो हो । सहकारीका अन्य केन्द्रीय निकायहरुले शेयरको आधारमावितरण गरे पनि बैंकले बचत र कर्जा कारोबारको आधारमा वितरण गर्दै आएको छ ।

 

बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकमपाउने सम्पूर्ण सहकारी संघ÷संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामीदिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकमा कारोबार गरी संरक्षितपूँजी फिर्ता कोषबाट लाभलिन अनुरोध समेत विज्ञप्ति मार्फत गरेको छ ।