२०८० चैत्र १६ , शुक्रवार

मेटलाइफका वरिष्ठ अधिकारीहरु नेपाल भ्रमणमा

सुनाखरी न्युज/ काठमाडौं । मेटलाइफका सिनियर भाइस प्रेसिडेण्ट तथाबंगलादेश, मलेसिया, नेपाल र भियतनामकाप्रमुखएलेना बुटारोभाले एजेन्सी एसियावितरणका भाइस प्रसिडेण्ड मारवान माटरसँगै नेपाल भ्रमण गरेकी थिइन् ।

उनले आफ्नो पाँचदिने भ्रमणको क्रममा, मेटलाइफ नेपालको मुख्यकार्यालयको भ्रमण गर्नुका साथै कम्पनीका सबै प्रमुख सरोकारवालाहरू सँग अन्तरक्रिया तथा छलफल गरेकी थिइन् । बीमा उद्योगमा २० वर्षभन्दा बढी अनुभव संगालेकी बुटारोभाबंगलादेश, मलेसिया, नेपाल र भियतनाम जस्ता एशियाका फस्टाउँदै गएकाबजारहरूमा मेटलाइफको व्यवसायको जिम्मेवारी सम्हाली रहेकी छन् । उनको प्राथमिकतामा डिजिटाइज्ड ब्यापारिक प्लेटफर्मको विकास, क्षेत्रीय क्षमताहरूमा सहकार्य र सह–लगानी बढाएर यी बजारहरुमा व्यवसाय वृद्धि गर्नु रहेको छ ।

बुटारोभाले नेपाल भरी बलियो वितरण सञ्जालको विकासलाई निरन्तरतादिनमा केन्द्रित रहेको नेपालव्यवस्थापन टोली, एजेन्सी र वितरण प्रतिनिधिहरूसँग भेटघाट गरेकीथिइन् । उनले वार्षिक अवार्ड नाइटमा वर्षभरि उत्कृष्ट प्रस्तुतिगर्ने योग्यएजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र पिÞmल्ड प्रतिनिधिहरूलाई सम्मान गरेकीथिईन् ।उनले ग्रामीण समुदायको उत्थानकालागिमाइक्रो इन्स्योरेन्स क्षेत्रलाई विस्तार गर्ने विषयमापनि छलफल गरि सरोकारवालाहरुको ध्यानाकर्षण गराएकीथिइन् ।

 

उनले मेटलाइफ नेपालको वुमेन्स बिजनेस नेटवर्क (ध्द्यल्) सँगको अन्तरक्रियात्मक कार्यक्रममा भाग लिई महिलाको कार्य(जीवन सन्तुलन तथा भावनात्मक र मानसिक स्वास्थ जस्ता क्षेत्रहरूमाआफ्नाविचारहरू ब्यक्तगर्नुका साथै उनीहरूकाउपलब्धिहरू र नियमितकार्यक्रमहरूको प्रशंसा गरेकीथिइन ।साथसाथै उनले महिलाहरूलाई कम्पनीभित्रशीर्ष व्यवस्थापनपदहरूमा सहभागिता हुन उत्प्रेरित गरेकी थिइन् ।

तेसैगरि युरोप, अफ्रिका र एशियामाएजेन्सी वितरणको व्यापक अनुभव बोकेकामा र्वन मटरले विभिन्नएजेन्सी कार्यालयको पनि भ्रमण गरेकाथिए र एजेन्सी कार्यकारीहरू, युनिट प्रबन्धकहरू र पिल्ड प्रतिनिधिहरूलाई बलियो एजेन्सी र वितरण नेटवर्कको प्रभावकारी रूपमानिर्माण र सञ्चालन सम्बन्धी प्रशिक्षण दिएकाथिए ।