२०८० चैत्र १५ , बिहिवार

थामिएन शेयर बजारको गिरावट बुधबार पनि २९.८९ अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.८९ अंकले घटेर एक हजार ९ सय ६६ दशमलब ३७ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा भने सामान्य सुधार भएको छ ।

 

आज नेप्सेमा एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९३.२० रुपैयाँ पुगेको छ भने सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४२०.४० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर कम्पनी र लाइफ इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड ५१ लाख भन्दा बढीको कारोबार भएको छ ।