२०८१ जेठ २ , बुधवार

१०६ वर्षिय शताब्दी महिला वञ्जराको निधन

सुनाखरी न्युज/  पोखरा । पोखरा महानगपालिका वडा नं. २६ बुढिबजार निवासी शताव्दी महिला अनुरुपा वञ्जारा रानाभाटको शनिबार राती निधन भएको छ ।

कास्की जिल्लाको पोखरा–३१, वेगनास, सापकोटाथरमा १९७२ वैशाख १२ गते जन्मनु भएकी वञ्जराको आफ्नै निवास पोखरा २६ बुढिवजारमा निधन भएको हो । उहाँका ९ छोराछोरी मध्ये अहिले एक जना छोरा हुनुहुन्छ ।

 

साथै ४ नाती, १ नातिनि, ११ पनाती÷पनातीना छन् । उहाँको सेतीनदि किनारस्थित रामघाटमा हिन्दु संस्कार अनुसार अन्तिम दाह संस्कार गरिएको पारिवारिक सदस्यले वताए ।