२०८१ जेठ २ , बुधवार

खुसिले रमाई दिनु तिमि

गोबिन्द राज ओझा (राजन)

खुसिले रमाई दिनु तिमि सँगको भेटमा
गुलाफको फुल उपहार दिनु सम्झना आएको बेला

 

सम्झन्छु म तिमिले बोलेको मिठो शब्दको
मनमा भएको माया भनेको छु मुखले

सबैले थाहा पाउनेछन हामि बसेको ठाउँ बारे
फुलको थुङ्गा उपहार देउ मलाई तिमिले

 

शरिर मरेर गए पनि आत्मा मर्दैन
सयौ जुनि सँगै बाच्ने बाचा कसम मैले भुल्दिन

यि फुलहरु सजायर राख्छु दिलको माया कम नहोस
तिमि आई मेरो सामु बसिदिदा मेरो मन खुसि रहोस

 

नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी