२०८१ बैशाख २७ , बिहिवार

जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ बर्दिया –

२१ वर्षीया महिलालाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा जबरजस्ती करणी तथा हाडनाता करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।