२०८० चैत्र १६ , शुक्रवार

घरघरमा तुलसीको दल राखेर आज निर्जला एकादशी मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीजन्य गुणले युक्त विरुवा तुलसीको दल राखेर आज (शुक्रबार) निर्जला एकादशी पर्व मनाउँने गरिन्छ ।

 

जल समेत नखाई ब्रत बस्ने भएकाले यस एकादशीलाई निर्जला एकादशी भनिएको हो । वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आ–आफ्ना घरका मठमा तुलसीको बिऊ छर्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिऊ राख्ने गरिन्छ । शुक्रबार छरेको बिऊबाट उम्रिने विरुवा एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।

 

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्मका तुलसीको विशेष पूजा गरिन्छ । उक्त अवधिमा तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।