२०८० चैत्र १६ , शुक्रवार

अन्तिम संस्कार गर्दै गर्दा ब्युँझिइन् महिला

सुनाखरी न्युज/ काठमाडौं –

अन्तिम संस्कारका लागि लैजादैँ गर्दा कोही व्यक्ति उठेको भन्ने खबर तपाईंले कहिलेकाँही सुन्नुभएको छ होला । करिब एक महिना अघि पेरुमा पनि यस्तै घटना भएको छ । त्यहाँ एक महिला आफ्नो अन्तिम संस्कार हुँदै गर्दा ब्यूँझिइन् ।

 

३६ वर्षकी रोसा इसाबेला सेस्पेडेस कैलाका एक भयानक कार दुर्घटनाको शिकार भइन् । २५ अप्रिलमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । दुर्घटनाका बेला उनी टाउको टेकेर भुइँमा लडेकी थिइन् जसका कारण उनको दिमागमा गम्भीर चोट लागेको थियो । जानकारीका अनुसार २६ अप्रिलमा उनको अन्तिम संस्कारको तयारी भइरहेको थियो । उनलाई कफिनमा राखेर समाधिस्थल लगिँदै थियो । त्यति नै बेला उनको परिवारका एकजना सदस्यले महिलाले आफ्नो आँखा खोलेको देखे । उनलाई पसिना आइरहेको थियो ।

 

त्यसपछि समाधिस्थलका प्रबन्धकले तुरुन्त प्रहरीलाई खबर गरे । रोसा इसाबेलालाई कफिनमै राखेर तुरुन्त अस्पताल लगियो । डाक्टरले रोसा इसाबेलमा जीवनको लक्षण देखिएको बताए । महिलाका परिवारले यस्तो कसरी भयो भनेर अनुसन्धानको माग गरिरहेका थिए । उनीहरुले रोसा कोमामा गएको हुनसक्ने पनि बताए । यद्यपि, यस्तो हुनुका धेरै कारण हुनसक्छ । मृत्युपछि परेलामा पनि थुप्रै हलचल देखिन्छ । मृत शरीरमा पनि विभिन्न परिवर्तन हुनसक्छ जुन तपाईं सोच्न पनि सक्नुुहुन्नँ । यस्तो विशेषगरी पीडादायी मृत्युपछि हुने गर्छ ।

 

मृत्युका बेला मुटु लामो समयदेखि धड्किन बन्द गरेकै हुनुपर्छ भन्ने छैन । वास्तवमा मृत्युपछि थुप्रै जैविक प्रक्रिया जारी रहनु असामान्य हो । मानिसको शरीर हरेक दिन केही बढी सिकिरहेको छ । त्यसैले ‘मृत’ एक रिलेटिभ टर्म हो र यो साँचो हो कि हामीले यसलाई पूर्ण रुपमा बुझ्न सकेका छैनौँ । रोसामाथि जे जति भयो, त्यो त्यतिबेला हुन्छ जब दिमागको मृत्यु हुन्छ तर अन्य अंगले काम गरिरहेका हुन्छन् ।

 

सन् १९९८ मा एक शोध गरिएको थियो जसमा करिब १७५ घटना भेटिएका थिए जहाँ ब्रेन डेड भएपछि एक हप्ताभन्दा बढी समयसम्म शरीरले काम गरिरहेको थियो । यो घटनाको कारण जे भए पनि यो कहानीको अन्त्य सुखद थिएन । रिपोर्टमा बताइए अनुसार रोसलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको ब्लड अक्सिजन लेभललाई मोनिटर गरिँदै थियो । तर केही घण्टाभित्रै उनलाई पुनः दोस्रो पटक मृत घोषित गरियो र यो अन्तिम पटक थियो । एजेन्सी