२०८१ जेठ १ , मंगलबार

जग्गा विवादमा कुटपिट हुँदा एकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

जग्गाको नाप नक्साको विषयमा कुटपिट हुँदा आदर्श कोतवाल गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा स्थानीय ६३ वर्षीय प्रभुप्रसाद कुसवाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। छिमेकी रामप्रवेश महतो र किशोरी कुसवाहाका परिवार तथा मृतकका परिवारबीच जग्गाको विषयमा झगडाले कुटपिटको रुप लिँदा रामप्रवेश पक्षधरले कुसवाहालाई कुटपिट गरी घाइते बनाएका थिए।

 

घाइते कुसवाहको वीरगञ्जस्थित नेशनल मेडिकल कालेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए। कुटपिटमा सम्लग्न किशोरी र रामप्रवेशलाई पक्राउ गरी थप अनुसन्धान थालिएको उनले बताए। मृतक कुसवाहा अवकाश प्राप्त रेन्जर हुन्। रासस