२०८१ जेठ १ , मंगलबार

जबरजस्ती करणी गरेको अभियोगमा ८ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं –

ललितपुर – ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माहालक्ष्मी नगरपालिका-४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

बाँके – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा बैजनाथ गाउँपालिका-८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका-५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले मोटरसाइकलको बिचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

 

सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका-८ बस्ने १७ वर्षीय किशोरले फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाई राजकुमार थारु लगायत ५ जनाले जबरजस्ती करणी गरेको र २ जनाले जबरजस्ती करणी पश्चात ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको भन्ने खुल्न आएपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।