२०८१ बैशाख १४ , शुक्रवार

अबदेखि चिकित्सा शिक्षा आयोगको परीक्षाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

सुनाखरी न्युज/ काठमाडौं –

चिकित्सा शिक्षा आयोगले अबदेखि लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने ब्यावस्था गरेको हो ।

 

आयोगका सुचना अनुसार अबदेखि डीएम एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा राष्ट्रिय परिचयपत्र आवश्यक हुने जानकारी दिएको हो। त्यस्तै प्रबेश परीक्षामा सहभागी हुन आवेदन दिँदा आवेदनमा राष्ट्रिय परिचय(पत्र नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ।

 

बेलैमा राष्ट्रिय परिचय पत्र बनाएर राख्न आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ।