२०८१ जेठ १९ , शनिवार

तीस राउन्ड फायरिङ गरी पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धूको हत्या

सुनाखरी न्युज/ काठमाडौं –

पञ्जाबको मानसामा पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धू मुसेवालामाथि गोली प्रहार गरी हत्या गरिएको छ । मानसाका सिभिल सर्जन डा. रञ्जित सिंहले बीबीसीसँगको कुराकानीमा भने, ‘सिद्धू मुसेवालासमेत तीनजनालाई अस्पताल लगिएको थियो ।

 

सिद्धू मुसेवालाको अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको थियो । अन्य घाइतेलाई पटियालाको राजिन्द्र अस्पताल रेफर गरिएको छ । सिद्धू मुसेवालाको शरीरमा चारदेखि पाँचवटा गोलीका निशान देखिएको छ । उनलाई छाती र तिघ्रामा गोली लागेको छ ।’ बठिन्डा रेन्जका आइजी शिव कुमार वर्माले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, ‘गुडिरहेको गाडीमा हमला गरिएको र घटना जवाहरके गाउँ नजिकै भएको सूचना प्राप्त भएको छ ।’

सिद्धू मुसेवाला हत्या प्रकरणमा डीजीपी वीके भावराले के भने ?

– आज (आइतबार) मानसामा, शुभदीप सिंह सिद्धु आफ्ना दुई साथीहरूसँग बिहान ४.३० बजे घरबाट निस्किए ।

– साँझ करिब ५:३० बजे जवाहर्के गाउँ नजिकै उनीहरुमाथि आक्रमण भएको हो ।

– मिथुखेडा हत्या प्रकरणमा सिद्धुका म्यानेजर शगनप्रीतको नाम बाहिर आएको थियो । उनी हाल बाहिर छन् ।

– यो घटनामा लरेन्स बिश्नोई गिरोह संलग्न छ, जसको जिम्मेवारी क्यानडाबाट लक्कीले लिएका छन् ।

– सिद्धू मुसेवालासँग ४ जना सुरक्षा गार्ड थिए, जसमध्ये २ जनालाई घल्लुघारा दिवसका कारण फिर्ता लिइएको थियो ।

– सिद्धू सुरक्षाकर्मी र बुलेट प्रुफ गाडी बिना घरबाट निस्किएका थिए ।

– मुख्यमन्त्रीको आदेशमा एसआईटी गठन गर्न निर्देशन दिइएको छ ।

– घटनास्थलबाट ३० थान गोली बरामद भएको छ । यी तीन फरक हतियार हुन्।

– आक्रमणमा ९ एमएम र ४ एमएमको गोली बरामद भएको छ । एजेन्सी