२०८० चैत्र १६ , शुक्रवार

पर्यटन उद्योगलाई करयोग्य आयमा ५० प्रतिशतसम्म कर छुट

सुनाखरी न्युज/ काठमाडौं । बजेटमा महामारीबाट सर्वाधिक प्रभावित पर्यटन क्षेत्रका होटल, ट्राभल, ट्रेकिङ, चलचित्र व्यवसायजस्ता उद्योगलाई व्यवसायिक करयोग्य आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गरिएको छ ।

 

कोभिड १९ बाट प्रभावित साना व्यवसायीलाई राहत दिन सरकारले कर छुटको व्यवस्था गरेको छ । सरकारले आव २०७८।७९ को आयमा वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबार गर्ने करदातालाई ७५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

 

त्यसैगरी ३० लाखदेखि १ करोड रुपियाँसम्म कारोबार गर्ने करदातालाई आयकरमा ५० प्रतिशतसम्म कर छुट गर्ने व्यवस्था गरेको छ ।