२०८० चैत्र १६ , शुक्रवार

जनता सार्वभौम हुन्छन् भन्ने कुराको एक उदाहरण हुन् बालेन र सुनिता: अनिल शर्मा

सुनाखरी न्युज/ काठमाडौं । देशकै केन्द्र र आकर्षण मानिएको काठमान्डूको मेयर र उप-मेयर जस्तो गरिमामय पदमा बिजयी हुनु भएका दुइ युवा, इन्जिनियर बालेन शाह र सुनिता डंगोललाइ हार्दिक बधाई तथा शुभकामान छ ।

 

यहि उमेरमा यो तहको जिम्मेवारी जनताले बोकाउनु भएको कुरा साच्चै नै सुन्दर र लोभ लाग्दो छ । जनताको आसा र अपेक्षा धेरै नै बढी छ, जिम्मेवारीको भारी ठुलो नै छ । हामी सबैको साथ् सधै भरी यहाँहरुलाई रहि नै रहने छ । अगाडी बढ्नु होला, अबको नेतृत्व युवाले यसरी नै लिन सक्नु पर्छ ।

 

साथमा अति देवत्वकरण र अति नै दानविकरण हुन सक्ने कुरा यहाँहरुले बिर्सन नहुने तर्फ पनि ध्यान आक्रिस्ट गराउन चाहन्छु त्यसैले सजगता र मेहनतका साथ महानगर विकाश भएको हेर्ने इच्छा पुरा गर्ने तर्फ यहाँहरुको पाइला लम्किउन, धेरै धेरै सुभकामना दुवै युवालाई ।