२०८० चैत्र १५ , बिहिवार

१६ वडाका वासिन्दाको मन दोस्रो पटक पनि जित्न सफल भए मुकुन्द्र रिजाल

सुनाखरी न्युज/ काठमाडौं ।
स्थानिय निकायको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिको मत परिणाम हालै सार्वजनिक भएको छ । स्तन्त्र उम्मेदवार वालेन साह मेयर तथा एमालेकी सुनिता डंगोल उपमेयर निर्वाचित भएका छन् ।

 

 

यो निर्वाचनमा काठमाडौंमा ३२ वडा मध्ये १९ वटामा नेपाली काँग्रेस र १२ वटामा एमाले तथा एउटामा समाजवादीको टिम निर्वाचित भएको छ ।
काठमाडौंको मुटु मानिएका १६ वडामा सोही वडाका चर्चित नेता, समाजसेवी एवं पुर्व अध्यक्ष मुकुन्द रिजाल पुनः दोहोरिएका छन् ।

 

त्यस वडाका आम जनताको मन जित्न सफल रिजाल दोस्रो कार्यकालकालागि निर्वाचित भएसँगै आम जनताको चाहना पुरागर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । उनले शुक्रबार धन्यवाद ¥याली निकालेर मतदाताहरुकहाँ पुगेका थिए । उनले ४०१९ मत ल्याएर बिजयी भएका हुन् ।