२०८१ बैशाख ७ , शुक्रवार

कोरोना अपडेट : थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना सक्रमण मुक्त

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

 

देशभरका प्रयोगशालाहरुमा ३ हजार ३ सय ८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, २ हजार २ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र १ हजार १ सय ४९ जनाको एन्टिजेटन परीक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण भएकोहो ।

उक्त अवधिमा १३ जना संक्रमण मुक्त भएका छन् भने १ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।