२०८१ बैशाख ११ , मंगलबार

अमेरिकाको जर्जिया साउथवेस्टन स्टेट युनिभर्सिटिको टिम नवोदितमा

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकाको जर्जिया साउथवेस्टन स्टेट युनिभर्सिटिको शिक्षक र विद्यार्थीको एउटा टोली नेपालका स्कूल तथा कलेजको अध्ययन अन्तरकृयाको सिलसिलामा काठमाडौंको सामाखुशी म्हैपी स्थित नवोदित कलेजमा पुगेको छ ।

 

शुक्रबार विहान आएको सो अध्ययन टोलीलाई कलेजले विविध कार्यक्रमको आयोजनागरी स्वागत गरेको थियो ।

 

 

त्यसक्रममा कलेजका प्राचार्य राजेन्द्र अधिकारीले उक्त टोलीसँग दुई देशका विद्यार्थीकोवीचका शैक्षिक, साँस्कृतिक एवं विविध बिषय आदानप्रदान गरिएको बताउनुभयो ।

 

 

 

कलेजका सहप्राचार्य जिवी अधिकारी, कोअर्डिनेटर कृष्णविलास अधिकारी तथा शिक्षक, विद्यार्थी एवं कर्मचारीको त्यस अवसरमा सहभागिता रहेको थियो ।